दाहालको सम्झनामा दिप प्रज्वलन, परिवारलाई आर्थिक रकम सहयोग


२५ साउन, सुर्खेत । कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतले आफ्ना संस्थापक सदस्य, पूर्व सचिव एवं कर्णाली प्रदेशका संस्थापक कोषाध्यक्ष  स्व. लोक प्रसाद दाहाल “सुमन”को सम्झनामा आज स्थानीय वीरेन्द्र चोकमा दिप प्रज्वलन गरेको छ ।

२०४६ जेठ २० गते जन्मिनु भएका स्व. दाहालको सवारी दुर्घटनामा परि गत साउन १३ गते उपचारको क्रममा भारतको लखनउमा निधन भएको थियो ।

यसैवीच क्यान महासंघ सुर्खेतका सदस्यहरुले मृतक दाहालको परिवारलाई सहयोग स्वरुप ६२ हजार रकम सहयोग गरेको क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो संघमा आवद्ध सदस्यहरुको सल्लाह अनुसार आफ्नो गच्छे अनुसारको रकम संकलन गरि परिवारलाई हस्तान्तरण गरेका छौं ।”