महासंघ कालीकोटको अध्यक्षमा बिष्ट


बैसाख ११, कालीकोट ।

माओवादी केन्द्र समर्थित अखिल नेपाल ट्रेड यूनियन महासंघ कालीकोटको पहिलो अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

आयोजक समिति संयोजक दिपक चँदाराको अध्यक्षता, पार्टी इन्चार्ज धनजीत शाहीको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेसनबाट मानबहादुर बिष्टको अध्यक्षतामा नयाँ समिति चयन गरीएको छ ।

समितिको उपाध्यक्षमा सिता कुमारी वली, दयाराम आचार्य, बिर्ख बहादुर बिक, सचिवमा सरद सिंह, कोषाध्यक्षमा सुरेश बिक सहित ३५ सदस्यि नयाँ समितिको चयन गरीएको जनाइएको छ ।