कर्णाली प्रदेशको संयोजकमा उपाध्याय


कृष्णराज धमाला
वैशाख १२, सुर्खेत ।

अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारीको कर्णाली प्रदेशको संयोजकमा बिद्यार्थी नेता देवीचन्द्र उपाध्याय चयन हुनुभएको छ ।

हालै सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालयको बैठकले नेता उपाध्यायलाई सो जिम्वेवारी दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले कर्णाली प्रदेशको सहसंयोजकमा योगेन्द्र बुढा, सुन्दर शर्मा र गणेशमान सिंहलाई जिम्वेवारी दिएको छ ।

बैठकले केन्द्रिय सदस्य मनोनयन, प्रदेश संयोजक, सहसंयोजक र विश्वबिद्यालयक कमिटिको पनि बिस्तार गरेको छ ।

कर्णाली प्रदेशको संयोजकको जिम्वेवारी पाएका उपाध्याय मध्यपश्चि विश्व विद्यालयका तेश्रो सेमेस्टारका बिद्यार्थी हुन् । सरल स्वभावका उपाध्याय बिद्यार्थीका पृय नेता पनि हुन् ।