मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ७ पदाधिकारी भ्रष्टाचारी ठहर, उपकुलपतिले सफाइ पाए


२७ पुस, काठमाडौं । विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ । उपकुलपति देवकोटासहित नवराज कँडेलसहित ९ जनाले भने सफाइ पाएका छन् ।
विशेषले विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो  विशेषले रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसला सुनाएको छ ।
उप रजिष्टार जगन्नाथ पौडेलका अनुसार भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणी गिरी, जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८ हजार, थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य, गणेशबहादुर केसीले भने सफाइ पाएका छन् ।
साभारः अनलाइन खबर