
मौसम कुमार
दैलेख,११ बैशाख ।
दैलेखको नारायण नगरपालिकामा मंगलवार देखि संचालन भएको बालमैत्री शिक्षण सिकाईका लागि मनोसामाजिक सहायता सम्वन्धी २ दिने तालिमको बुधवार एक कार्यक्रम बिच समापन भएको छ ।
समापन कार्यक्रममा वोल्दै शिक्षा विकास तथा समन्वय ईकाई दैलेखका शाखा अधिकृत हरि बहादुर खत्रीले, शैक्षीक गुणस्तर सुधार गर्नका लागि बालमैत्री वातावरण आबश्यक रहेको र बालमैत्री वातावरणले मात्र शैक्षीक गुणस्तरमा वृद्धिहुने वताए । साथै शैक्षीक बातावरण राम्रो बनाउन शिक्षण सिकाईको निरन्तर मुल्याङ्गंकन र त्यसको आधारमा सुधारका कदम चाल्नु पर्ने सुझाव समेत दिए । से दि चिल्ड्रेनको सहयोग, सामाजिक सेवा केन्द्र सोसेक अन्तर्गत सहयात्रा परियोजनाको समन्वयनमा संचालन भएको तालिममा, आधारभूत तहका ३० शिक्षकहरुको सहभागीता रहेको थियो ।
तलिमको समापन कार्यक्रममा सामाजिक सेवा केन्द्र सोसेक का अध्यक्ष हिरासिंह थापाले तालिममा सिकेको सिप लाई व्यबहारमा उर्तान सके मात्र सकारात्मक परिर्वतन आउने वताउनु भयो । थापाले शिक्षक समाज परिवर्तनका सम्वाहक भएकाले बालविवाह , बालश्रम , महिला–हिंसा , छाउपडी को समस्या सुल्झाउनमा समेत अग्रसर हुनुपर्ने बताए । यसै गरी जयजनतामा मा.वि.का शिक्षक टंक केसीले तालिमले बालमनोविज्ञान बुझने तरिका बारे सिप र ज्ञान बढेको जानकारी दिए ।



Milan Shrestha । ११ बैशाख २०७५, मंगलवार १९:५९ बजे