६ बर्ष अघि निर्माण सम्पन्न भवन विद्यालयलाई हस्तारण भएन


अविरल ढकाल
जुम्ला, वैशाख १३ । छाँयानाथ रारा नगरपालिका १४ मा रहेको श्री हिमदोय निमाबि लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा बिद्यार्थीको पढाईमा समस्या भएको छ ।

असल छिमेकी इन्टरनेशनको आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाले श्री हिमदोय निमाबिका लागी ०६९ बाट निर्माण गरिएको दुइ तले १६ कोठे भवन निर्माण सम्पन्न गरी छ बर्षसम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीहरुको पढाईमा समस्या भएको हो ।

कुल १ करोड ८४ लाखमा निमार्णकार्य सम्पन्न भई सक्दा पनि निमार्णकार्य जिम्मा लिएका दुबै गैर सरकारी संस्था बिच आपसी बिबादका कारण दुइ संस्थाले सम्झौता तोडिएकै कारणले भवन अलपत्र परेको स्थानियबासिले बताएका छन् । भवन निर्माण सम्पन भइसकेको थियो संस्थाले बिद्यालय लाई हस्तान्तरण नगरेपछी बेबारिसे बनेको हो ।

०७२ बैशाख १२ गते को हावाहुरीले भवनको पुरै टिनको छाना उडाएपछी अहिले भवन जिर्ण बन्दै गएको छ । कुनै निकाय संग सहयोग मागेर छाना छाएर प्रयोगमा ल्याउन प्रयास गरेका भएपनि हस्तान्तरण नगरेको भवन फेरी कानुनी समस्या हुने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले बिद्यार्थीहरुको पढाईमा बाधा पुगेको हिमदोय निमाबिका प्रअ हंस बहादुर बढुवालले बताए ।

२ सय ७० जना बिद्यार्थी लाई ४ कोठामा बहु कक्षा सञ्चालन गरी पठनपाठन गरीदै आएका छौ । भवन दिन प्रति दिन जिर्ण बन्दै जान थालेपछी नयाँ जस्तापाता हालेर भवन प्रयोगमा ल्याउन प्रयास बिद्यालयले गरेका भएपनि सहयोगि दाताहरु अर्कैले निर्माण गरेका भवनमा लगानी गर्दा बिभिन्न समस्या आउने भन्दै सहयोग गर्न नमान्ने गरेको उनको भनाई छ ।

कक्षा कोठा अभावका कारण सबै कक्षाका बिद्यार्थी चर्को घाम र चिसोमा समेत खुल्ला चौरमा पढ्न बाध्य भएको र पुरानो भवनका ४ कोठा मात्र छन सबै बिद्यार्थी लाई नपुग्ने भएकाले पानी पर्दा पढाई छोडेर घर आउनु पर्छ कक्षा ६ मा अध्यनरत बिद्यार्थी दिपक बुढा गुनासो पोखे ।