
२९ फागुन, सुर्खेत । सुर्खेतबाट नेपालगंज तर्फ जाँदै गरेको यात्रुबाहक बस आज छिन्चुमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ना ४ ख ४८६७ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालक कोहलपूर २ घर भएका करिब १८ बर्षिय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रज मोहन कार्कीले बताउनुभयो ।
दुर्घटना लगतै बसका चालक फरार भएको र घाईते करिव १० जनालाई छिन्चुमा सामान्य उपचार गरि थप उपचारको लागि कोहलपूर रिफर गरिएको प्रज कार्कीले बताउनुभयो ।



Prawash Kumar Shakya । २९ फाल्गुन २०७३, आईतवार १३:१९ बजे