प्रशोधित पिउने पानीमा सा‌ङ्गला भेटियो


८ जेठ, सुर्खेत । सुर्खेतमा उत्पादित एक प्रशोधित पिउने पानीमा साङ्गला भेटिएको छ ।

वीरेन्द्रनगर एरी चौक स्थित आचार्य चिया नास्ता पसलमा पानी किन्दा साङ्गला भेटिएको स्थानीय विवेक वलीले बताउनुभयो ।

मध्यपश्चिम वाटर एण्ड वेभरेजले प्रशोधित गरि बजारमा विक्री वितरण गरेको एक्वांस पानीमा साङ्गला भेटिएको हो ।

मानिसको दैनिक जीवनमा प्रयोग हुने पेय पदार्थ तथा खाद्य बस्तुहरुमा यसरी लापरवाही भएको भने पहिलो पटक होइन । सरकारले चाडपर्वहरुको समयमा मात्र अनुगमन गर्ने गर्छ तर अन्य समयमा भने अनुगमन फितलो हुने गरेको पाइएकोले पनि यस्तो लापरवाही हुने गरेको स्थानीय गोविन्द गौतम बताउनु हुन्छ ।

अहिलेको यो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पिउने पानीको समस्या हुने समय हो । यो समयमा खानेपानी वितरण गर्ने संस्था सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी वितरण प्रणालीमा लोडसेडिङ्ग लगाएर पानी वितरण गर्ने गर्छ ।

धारामा राम्रो संग पानी आउँदैन, किनेर पानी खाउँ भने यस्तो लापरवाही छ । स्थानीय तिलक उपाध्याय बताउनुहुन्छ ।

यस्ता लापरवाही हुने काममा सरकारको ध्यान जान आवश्यक छ ।