रक्तदाता समाज गोरखा शाखाद्वारा सिरक तथा पोशाक वितरण


२४ माघ गाेरखा/ नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाले जिल्लाका जेष्ठ नागरिक,विपन्न एकल तथा विभिन्न बिद्यालयका जेहेन्दार बालबालिकाहरूलाई सिरक तथा पाेशाक वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले एक समारोहका वीच जेष्ठ नागरिक,विपन्न एकल तथा विभिन्न बिद्यालयका जेहेन्दार बालबालिकाहरूलाई सिरक तथा पाेशाक वितरण गर्नुभएको हो । सोही अवसरमा कर्माचार्यले समाजको गाेरखा जिल्ला शाखाकाे व्यानर वाचन गरेर कार्यालयको उद्घाटन गर्दै उहाँले ६५ जनालाई सिरक र १ सय ९ जना विद्यार्थीहरूलाई पाेशाक वितरण गर्नुभएकाे थियो ।

कार्यक्रमका विशेष अतिथि सुनिल एक्का, अतिथि शर्मिला र राजन भट्टले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको सभापतित्व समाजको गोरखा शाखा अध्यक्ष रामबहादुर खड्का गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तब्य सुरेन लामिछाने र सहजीकरण कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो ।