काठमाडौं : नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले वैवाहिक जीवनको सुरुवात गरेकी छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नेता नविनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग बिहीबार लगनगाँठो कसेकी हुन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच नविना र प्रवीण वैवाहिक जीवनको सुरुवात गरेका हुन्। आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको विवाह समारोहमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, पूर्वमन्त्रीहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, युवा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो। नेता लामालाई वैवाहिक जीवनको शुभकामना दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष वामदेव गौतम, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरू लालबाबु पण्डित, रवीन्द्र अधिकारी, गिरिराजमणि पोखरेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेताहरू भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गायिका तथा सांसद कोमल वली, प्रधानसेनापति राजेन्द्र क्षत्री, सांसदहरू, युवा तथा विद्यार्थी नेता, कार्यकर्ताहरू उपस्थित थिए।
१४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका काभ्रे मदनकु्रँडारीकी लामा तथा काभ्रे पाँचखालका प्रवीणबीच गत फागुनमै विवाहको मिति तय भएको थियो तर नविनाका हजुबुबाको निधन भएपछि बैशाखमा विवाह सारिएको थियो। थाह खबर बाट




Milan Shrestha । १४ बैशाख २०७५, शुक्रबार ०२:५३ बजे