श्रावण २, २०७३- मेडिकल शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीविरुद्ध काठमाडौंमा आइतबार र्याली निस्केको छ ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाललको अगुवाइमा काठमाडौंमा र्याली निकालिएको हो । र्यालीमा प्रोफेसर, कलेज सञ्चालन, अभिभावक, विद्यार्थी, चिकित्सक, उद्योगीहरुको उपस्थिति थियो ।
भृकुटीमण्डप बाट निस्किएको विरोध र्याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुँदै माइतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई वरिष्ठ स्त्रीरोग विशेषज्ञसमेत रहेका एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. भोला रिजालले कसैको समर्थन र विरोधमा आफुहरु सडकमा नआएको स्पष्ट पारे । उनले नेपालको मेडिकल शिक्षा विश्वमै उत्कृष्ट रहेको दाबी गर्दै नेपाली विद्यार्थीलाई जबरजस्ती विदेश पठाउने षड्यन्त्र गरिएको बताए ।
कोणसभामा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केसीको आन्दोलनले निजी क्षेत्र धरासायी बनाएको भन्दै विरोध गरे ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । २ श्रावण २०७३, आईतवार १६:०१ बजे