रेडियो पलाँता आवाज बन्द, संचारकर्मीलाइ ज्यान मार्ने धम्की


मनिराज पाण्डे

१९ श्रावण, कालिकोट । कालिकोट जिल्लामा पलाँता गाउँपालिकाको लगानीमा संचालित रेडियो पलाँता आवाज ९०.३ मेजार्हज आज बाट बन्द भएको छ ।

स्थानीय जगदिशकुमार पूर्वेले शनिबार साँझ करिव ९ः४५ बजे मदिरा खाएर रेडियोको सोलार प्यानल, मिक्चर लगायतका सामाग्रीहरु तोडफोड गरेपछि रेडियो बन्द भएको हो ।

पूर्वेले रेडियोमा पुग्ना साथ आफ्नो इन्टरभ्यु लिनु पर्ने नलिए बिप्लव कार्यक्रता बोलाएर रेडियो जलाउने र रेडियो कार्यरत पत्रकारको ज्यान मार्ने समेत धम्की दिएको रेडियोमा कार्यरत संचारकर्मीले बताएका छन् ।

दोषीलाई पक्राउ गरी घटनाका सम्बन्धमा आवश्यक छानविन भइरहेको इप्रका थिर्पुका इन्चार्ज कमला मल्लले बताउनु भयो ।
संचारमा स्थानीयको पहुँच बृद्धी गर्ने पलाँता गाउँपालिकाले बैशाखबाट रेडियो संचालन गरेको थियो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बिज्ञप्ती मार्फत घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरि दोषी उपर कारवाही गर्न माग गर्नुभएको छ ।

पूर्बेले भने राती रेडियोमा गएको तर सोलार र मिक्चर क्षेती नपुप्याएको दाबी गर्नुभएको छ । ज्यानमार्ने धम्की पछि संचारकर्मी सुरक्षा खोज्दै जिल्ला सदरमुकाम तर्फलागेका छन् ।