सुर्खेत, १५ वैशाख ।
कर्णाली प्रदेश भरीका सामुदायिक रेडियोहरुको सम्मेलन आगामि जेठ ५ गते प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भएको छ ।
नेपालका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेश भरीका सामुदायिक रेडियोहरुको प्रत्यक्ष सहभागिता हुने गरी सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलन समृद्ध कर्णाली प्रदेश निर्माणमा सामुदायिक रेडियोहरुको भुमिका बिषयमा केन्द्रित रहने सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेशकुमार गौतमले जानकारी दिनुभयो । सम्मेलनले समृद्ध प्रदेशको सन्र्दभमा रेडियोले निभाउनु पर्ने भुमिका र संघियतामा सामुदायिक रेडियोहरुको अवसर तथा चुनौतिका बिषयमा छलफल केन्द्रित हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्लाका करिब ४० सामुदायिक रेडियोहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहने छ ।



Milan Shrestha । १५ बैशाख २०७५, शनिबार १२:५५ बजे