विश्वविद्यालयमा हुने भ्रष्टाचार निर्मुल पार्ने योजना: प्रा.डा. सिंह


२९ फागुन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई छोरा सरह बनाएर हुर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 गत सोमवार नियुक्त हुनुभएका प्रा.डा. सिंहको आज सम्पन्न स्वागत तथा बधाइ कार्यक्रममा  प्रा.डा.सिंहले आफ्नो छोरी मात्र भएकाले छोराको रुपमा विश्वविद्यालयलाई हुर्काउने योजना रहेको बताउनुभएको हो ।

उहाँले भन्नभयो । ”मेरो जीवनमा छोरा छैन, मेरो एउटै मात्र छोरी छन् । मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई अब मेरो छोरा बनाएर हुर्काउने योजना गरेर आएको छु ।” प्रा. डा. सिंहले विश्वविद्यालयमा हुने भ्रष्टाचार निर्मुल पार्ने योजना समेत बताउनुभयो । विश्वविद्यालयलाई भ्रष्टाचार मुक्त बनाउन प्रध्यापकहरुको साथ हुनुपर्ने बताउँदै उहाँले, ”सरकारले दिएको पैसामा भ्रष्टाचार गरेर प्रोफेसरहरु अख्तियारको ढोकामा जाने कुरा अन्त्य गरेर जनताका पक्षमा लड्ने विश्वविद्यालये बनाउन चाहेको सुनाउनुभयो । यसकालागि सबै प्रध्यापकहरुले यस कार्यमा काँधमा काँध मिलाएर नमूना विश्वविद्यालय बनाउन साथ दिनुपर्छ ।” उहाँले भन्नुभयो ।

मैले कर्णालीको अध्ययन र भूगोललाई नियालेको छु त्यसैले विश्वविद्यालयमा समय सुहाउँदो प्राविधिक शिक्षा लागु गर्ने छु साथै विश्वविद्यालयमा राम्रा प्रध्यापक नभए आफूलाई भन्न विद्यार्थीलाई आग्रह गर्दछु अन्य विश्वविद्यालय वा अन्तराष्ट्रिय विश्वविद्यालयबाट समेत प्रोफेसर ल्याउने वचन दिन्छु । प्रा.डा. सिंहले भन्नुभयो ।

कार्यक्रममा प्रा.डा. सिंहले नेपालमा अहिले सम्म कुनैपनि प्याटेन्ट राइट्स लिएर काम गर्ने विश्वविद्यालय भएकोले आफ्नो कार्यकालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्याटेन्ट राइट्स लिने विश्वविद्यालय बनाउने घोषण गर्नुभयो