तेश्रो राष्ट्रिय झण्डा दिवस कर्णालीमा मनाईयो


१ पौष, सुर्खेत । “मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान” भन्ने नारालाई आत्मसाथ गर्दै आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

कर्णाली युथ पावरको आयोजनामा आज प्रदेश राजधानीमा राष्ट्रिय झण्डा बोकेर र्रयाली सहित राष्ट्रिय झण्डा दिवस मनाइएको हो । कर्णाली युथ पावरका संयोजक भीम थापाले पछिल्लो अवस्थामा राज्यस्तरबाट नै विभिन्न ठाँउमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको बताउँदै झण्डै नभएपछि राष्ट्रिय पोशाक नै नरहेपछि राष्ट्रलाई चिनाउने सम्पत्ति नरहे देश नै नरहने जिकिर गर्नुभयो ।

जब सम्म झण्डामा चन्द्र र सूर्य रहन्छ तब सम्म देश रही रहन्छ । पछिल्लो समयमा झण्डा परिवर्तन गर्नुपर्छ भन्ने जुन कुरा उठिरहेको छ यो एकदमै गलत छ । हाम्रो राष्ट्रिय झण्डा विश्वमा अरु भन्दा फरक र उत्कृष्ट रहेको संयोजक थापाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा यूवा कमल लामिछाने राष्ट्रिय झण्डा अरु झण्डा भन्दा पृथक साथै झण्डामा रहेको निलो रङ्गको घेराले कहिले पनि अन्त नहुने, रातो रङ्गले विजयको सन्देश र चन्द्र सूर्य हुनु भनेको जब सम्म चन्द्रसूर्य रहन्छ तब सम्म हाम्रो देश अस्तित्व रहन्छ भन्ने बताउनुभयो ।

स्थानीय म‌ंगलगढी चोकबाट शुरु गरिएको झण्डा र्रयाली वीरेन्द्र चोकमा कोण सभा गर्दै चोकमा राष्ट्रिय झण्डा स्थापना गरेर सम्पन्न गरिएको थियो ।