बैसाख १७, काठमाण्डौ ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको विष्फोटनमा पत्रकारहरुसहित २१ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार पहिलो बम विष्फोट भएपछि मानिसहरु र समाचार संकलन तथा तस्विरका लागि पत्रकारहरु पुगेका थिए । त्यही भीडमा अर्को विष्फोट गराइएको थियो ।
एएफपीले आफ्नो प्रमुख फोटोग्राफर शाह मराईको उक्त विष्फोटनमा मृत्यु भएको जनाएको छ ।
एएफपीले आफ्नो ट्वीटमा सुसाइड बिष्फोटनको समाचार संकलनको लागि जम्मा भएका पत्रकारहरुलाई नै लक्षित गरेर गरिएको आक्रमणमा आफ्नो फोटोग्राफरको मृत्यु भएको उल्लेख गरेको छ ।
एएफपीले प्रहरी प्रबक्तालाई उदृत गरेर दिएको जानकारी अनुसार पछिल्लो विष्फोटन गराउने व्यक्तिले आफुलाई पत्रकार भनेर चिनाएका थिए । पहिलो विष्फोटन भने मोटरसाइकलमा आएकाले गराएको बताइएको छ । कान्तिपुरअनलाइनबाट



Milan Shrestha । १७ बैशाख २०७५, सोमबार ०८:३१ बजे