कविताले उपचार गर्छ कवि–पराजुली


कृष्णराज धमाला

बैसाख १७, सुर्खेत ।

चर्चीत यूवा कवि नमराज पराजुलीले कविताले उपचार गर्ने बताउनुभएको छ । निद नआएकाले कविता सुनेर निदाउँछन्, हजुर आमाको टाउको दुखाई कविता सुनेर सञ्चो हुने हुँदा कविताले उपचार गर्ने जिकिर गर्नुभयो ।

अनमोल एम्बुलेन्स सञ्चालनार्थ आयोजना हुने पहिलो कविता कन्सर्टमा कविता मार्फत सहयोग जुटाउन सुर्खेत पुगेका कवि पराजुलीले कविताले बोल्न नसक्नेहरुको आवाज बुलन्द गर्ने भएकाले यसको महत्व बढि भएको बताउनु भयो ।

अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीको अध्यक्षतामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा कवि पराजुलीले आफूले जाजरकोटमा सिटामोल नपाएर मानिसले मर्नुपरेको बारेमा कविता लेखेर केही पैसा र नाम कमाए पनि जाजरकोटले केही नपाएको महशुस गरी त्यसको ऋण तिर्न फेरी यहाँ आएको बताउनु भयो ।

आफूले कविता नलेखेको तर आफूद्धारा मात्रै लेखिने हँुदा जहाँ र जस्को बारेमा कविता रचिन्छ त्यो बिषयले महत्व पाउनु पर्नेमा जोड दिदै कवि पराजुलीले कविता र संगितको मिश्रणले मन पगाल्ने बताउनुभयो ।

कोही कवित केही मिनेटमा लेखिने केही कविता बर्षौं सम्म अनुसन्धान गरेर लेखिने हुँदा कविताको महत्व दिन प्रतिदिन बढ्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शाहीले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा क्रियाशिल प्रतिष्ठानले कालीकोट र सुर्खेतमा सुबिधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्न सहयोगीका रुपमा आयोजीत कविता कन्सर्टको सबै तयारी पुरा भएको जानकारी दिनुभयो । पाँच बर्ष मुनिका वालवालीका र गर्भवति महिलाका लागि सके निशुल्क, नसके ५ प्रतिशत र अन्यका लागि ५० प्रतिशत छुटको ब्यबस्था सँगै एम्बुलेन्समा सहयोगीका रुपमा सिएम उतिर्ण एक जनाको ब्यबस्था गरीने बताउनु भयो ।

भोली ११.३० बजेदेखि हुने पहिलो कविता कन्सर्टको अन्य तयारी पुरा भएको र सहयोग आउने काम पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।