
२५ जेठ, सुर्खेत । नेपाली काँग्रेसले संञ्चालन गरेको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान समापन भएको छ। गत बैशाख २५ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको पहिलो चरणको अभियान आज समापन भएको हो ।
सुर्खेतका ९ वटै स्थानियतहरुमा अभियान संञ्चालनपछि आज पार्टी कार्यालय सुर्खेतमा अभियानको समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन् ।
उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलाई अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन् । नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ सन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलाई आग्रह गरेका छन् ।
सुर्खेतका विभिन्न ठाँउबाट वीरेन्द्रनगरमा आएका नेताहरुले भावनात्मक रुपले अगाडी बढे अर्को निर्बाचनमा काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् । उनिहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि जीबनबहादुर शाहीले जागरण अभियान पछि काँग्रेसमा जागरण पलायको बताउनुभयो । उहाँले दुईतिहाईको दम्भको नाममा सरकार मनमपरीरुपमा अगाढी बढेको भन्दै अव काँग्रेस जुरुमुराउने बेला आएको बताउनुभयो । उहाँले पाटी भित्र भएका कमी कम्मजोरीलाई सुधार गरेपछि काँग्रेसमा भविष्य भएको भन्दै संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता समेत रहनुभएका शाहीले वर्तमान सरकार जनता आधारभुत आवश्यकता पुरा गर्न छोडेर भाषणमा रुमलिएको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले गरेको राम्रो कामको प्रचारप्रसारण गर्न नसक्दा त्यसको फाईदा विपक्षलाई भएको बताउनुभयो।
नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका भातृ तथा शुभेच्छुक संस्था प्रतिनिधिहरु,क्षेत्रिय सभापतीहरु, लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



Milan Shrestha । २५ जेष्ठ २०७६, शनिबार २१:१६ बजे