
पौष १३, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ ले वडामा रहेका जेष्ठ नागरिक र अपांङ्गगता भएका नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको । शक्रबार एक कार्यक्रममा आयोजना गर्दै वडाले कपडा वितरण गरेको हो ।
वडा कार्यालयले आर्थिक वर्ष २०७५,७६ को लक्षित वर्गको बजेट मार्फत उनिहरुलाई कपडा वितरण गरिएको हो । जस अन्तरगत वडामा भएका जेष्ठ नागरिक तथा आपांङ्गगता भएका व्याक्तिहरुले नागरिकता सहित आफ्नो नाम टिपाएर कपडा लिन सक्नेछन् ।
जाडो हटाउनको लागि वडाले गरेको काम एकदमै राम्रो भएको जेष्ठ नागरिक तथा आपाङ्गगता भएका व्याक्तिहरु बुझाइ छ । सहभागिहरुलाई कपडा वितरण गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर गुरुङ्गले सबै वृद्ध वृद्धा तथा अपांङ्गहरुलाई टोलटोलमा पुगेर सुचना दिएको र उपस्थित हुन नसक्ने असक्तहरुलाई घरघरमा गएर वितरण गर्ने उनको भनाई थियो । वितरण कार्यक्रम अन्तरगत उनिहरुलाई एक एक वटा पछेउरा वितरण गरिएको थियो ।



Milan Shrestha । १३ पुष २०७५, शुक्रबार १६:१६ बजे