ग्रीसमा अपहरित नेपालीको उद्धार


 वैदेशिक रोजगारीको सिलसिलामा ग्रीसमा पुगेका संखुवासभा जिल्ला चैनपुर नगरपालिका–१ ओरिङ्गा स्थायी घर भएका २४ वर्षीय कृष्णबहादुर गुरूङ उतै अपहरण्मा परे। दाइ चन्द्रप्रसाद गुरूङलाई २०७२ वैशाख १७ गते उनले अपहरणमा परेको खबर गरेका थिए।

त्यही विवरणको उजुरी चन्द्रले केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा दिए। ब्युरोले तत्काल इन्टरपोलमार्फत ग्रीसको प्रहरीसँग सम्पर्क गर्यो। ग्रीस प्रहरीका अनुसन्धान अधिकृतहरू खटिए र गुरूङलाई २०७३ वैशाख १ गते उद्धार गरे।

ब्युरोका अनुसार हात र खुट्टा बाँधिएको, टाउको र शरीरमा चोटपटक लागेको अवस्थामा गुरूङलाई उद्धार गरियो। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरियो।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार अपहरणमा पर्नेले दाइलाई खबर गरे र दाइले एक हप्ता समय मागे। ‘त्यहीबीचमा हामीसँगको सम्पर्कमा आएपछि हामीले टेलिफोनमा प्रयोग भएको नम्बरसहित इन्टरपोलमा उपलब्ध गरायौं,’ सिलवालले भने, ‘यो एकदम विल्कुल नयाँ घटना हो। हामीले सफलतापूर्वक विदेशमा अपहरित नागरिकको उद्धार गर्न सक्यौं।’

उनका अनुसार अपहरण गर्नेले फिरौती नतिरे पाकिस्तानमा लगेर मारिदिने धम्की दिएका थिए। ग्रीसका प्रहरीले अपहरणकारीलाई फेला पारेका थिए।

यसरी भयो उद्धार

ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार अपहरित गुरूङ सात वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक गएका थिए। तर दुई वर्षदेखि ग्रीसको थेसालोनिकी भन्ने सहरमा उनी छिरेका थिए। २०१६ मार्चको अन्त्यतिर एन्थेन्स सहरमा सरेका थिए।

त्यही क्रममा आईती भनिने नेपाली महिला पेम्बा घलेले आफ्नो अपार्टमेन्टमा बोलाएर अन्य चार जना ९नेपाली, पाकिस्तानी, भारतीय र बंगलादेशी०समेत प्रयोग गुरूङलाई बन्धक बनाएकी थिइन्। अपहरणकारीले नेपाली र हिन्दी भाषामा दाइ चन्द्रलाई फोन गरी चौध हजार युरो पिरौती रकम माग गरेका थिए।

त्यही आधारमा पीडितलाई सुरक्षित पार्ने विभिन्न उपाय अबलम्बन गर्दै एन्थेसका सम्भावित र शंकास्पद इलाकामा ग्रीसको प्रहरी परिचालन भएको थियो। एन्थेसको न्यायिक निकायको रोहबरमा वैशाख १ गते पीडितलाई उद्धार गरिएको ब्युरोले जनाएको छ।

अपहरणमा संलग्न नेपाली महिला पेम्बा घले, दलबहादुर तामाङ, विदेशी नागरिक जमल काजी, मान्मुन मुल्लाज, मोन्सोर अहमद पक्राउ परेका छन्। उनीहरूलाई अपहरण ता शरीबन्धक, धाकधम्की तथा असुली, डाँका, कुटपिट र अबैध हतियार प्रयोगमा मुद्धा चलाइएको छ।

अपहरणमुक्त गुरूङ नेपाल आइसकेका छैनन्। राहदानीबेगर ग्रीस छिरेकाले उनी कानुनी प्रक्रिया पूरा गरेर मात्र छुट्नेछन्।