रारामा साहित्यिक महोत्सव हुने


कृष्णराज धमाला
वैशाख १८, जुम्ला ।

अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले आउने असोज महिनामा सुन्दर रारामा साहित्यिक महोत्सवका आयोजना गर्ने भएको छ ।

कर्णाली प्रदेशमा पहिलो पटका सम्पन्न कर्णाली कविता कन्सर्ट समापनका अबसरमा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले सुन्दर दृष्यको अवलोकन गर्दै तालको छालमा साहित्यिक महोत्सव गर्ने निर्णय सार्बजनि गर्नुभएको हो ।

यूवा कवि नवराज पराजुलीको उपस्थितिमा सम्पन्न कर्णाली कविता कन्सर्ट भब्य रुपमा सफल भएको भन्दै बृहत साहित्यिक महोत्सव रारामा आयोजना गर्ने निर्णय गरीएको अध्यक्ष शाहीले बताउनु भयो ।

कवि नवराज पराजुली सहि बिभिन्न बिधाका कलम चलाउने सर्जकहरु रारामा उतारेर कर्णाली रारा पर्यटन बर्षलाई सफल पार्न सहयोगीका रुपमा महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनु भयो ।

महोत्सवको मिति भने केहि समय पछि टुंगो लगाइने बताइएको छ ।