विपक्षी गठवन्धनले राष्ट्रपती र प्रधानमन्त्रीको अस‌ंवैधानिक कदमका विरुद्ध प्रतिवाद गर्ने


७ जेठ, सुर्खेत । मध्यरातमा राष्ट्रपतीद्वारा प्रतिनिधी सभा विघटन गरि चुनावको मिति तोकिएपछि विपक्षी गठबन्धनमा रहेका दलहरूले संसद विघटनविरुद्ध अदालत जाने निर्णय गरेका छन् ।

विपक्षी गठवन्धनले प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनले ठहर गरेको छ ।

विपक्षी गठवन्धनको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्म माथि नै प्रहार गरेको ठहर गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।