मालिका–कालिका यातायात प्रालिको यात्रुवहाक बसमा बम प्रहार


दाङ । काठमाडौ बाट दाङ आउँदै गरेको मालिका–कालिका यातायात प्रालिको यात्रुवहाक बसमा अज्ञात समुहले बम प्रहार गराएको छ ।

शनिबार बिहान ५ बजे प्रालिको ना६ख ३९७० नम्बरको बसमा गोरूसिंगेमा २ जनाको समुहमा आएका युवाले बसमा पेट्रोल बम प्रहार गरेका थिए ।

बम प्रहार पश्चात् यात्रुले आगो नियन्त्रणमा लिएका कारण मानवीय क्षति नभएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिनुभएको छ । बस अहिले गोरूसिङेमा राखिएको छ ।

newsofnepalबाट