प्रथम हेरिटेज ट्रेल रेसको अन्तिम तयारी पुरा


हरि कृष्ण कुमाई, जुम्ला
३० पौष,
सस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि पहिलो पाईलो, भन्ने मुल नाराका साथ जुम्लामा हुने प्रथम हेरिटेज ट्रेल रेसको अन्तिम तयारी पुरा भएको छ ।

कर्णाली बोर्डिङ्ग स्कुलको खेलमैदानबाट शुरु भई बोहोरागाउँ, गणेशमन्दिर, दानसाँघुको महादेव मन्दिर, आचार्यबाडा स्थित भगवती मन्दिर भण्डारीवाडा, जुम्ला वुहमुखी क्याम्पस, मालाभिड गाउँकोे भगवती मन्दिरवाट सरस्वती मन्दिर, बौद्ध स्तुपा, छिनागाउँ, विजयनगर हुदै चन्दननाथ भैरवनाथ मन्दिरमा पुगेर सकिने कर्णाली स्पोर्टस क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर दुरी हेरिटेज ट्रेल रेसको लागि निर्धारण गरिएको छ । जे आर कर्णाली बोडिङ स्कुलको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लव जुम्लाकोे आयोजनामा ट्रेल रेस हुन लागेको हो ।

रुड मार्किङ, रेसको शुरुवात र समापन विन्दुको व्यवस्थापन, स्वयसेवक परिचालन, वाटर प्वाईन्ट र फलफुलको व्यवस्थापन लगायतका सवै तयारी पुरा भईसकेको क्लवले जानकारी दिएको छ । हेरिटेस ट्रेल रेसमा १ सय ३० जना खेलाडीले नाम दर्ता गराएका छन । काठमाण्डौ,कालिकोट, प्युठान लगायत नेपाली सेना र नेपाल प्रहरीले रेसमा नाम दर्ता गराएका हुन ।
रेसमा प्रथमलाई १५ हजार, द्वितियलाई १२ हजार र तृतियलाई १० हजार रुपैयाको पुरस्कार प्रदान गरिने भएको छ ।