मानवअधिकार मैत्री उन्मुख वडा घोषणा


मौसम कुमार
बैशाख २३ । दैलेख । दैलेखको महाबुँ गाउपालिकाको वडा नं.२ बडाखोलालाई मानबअधिकार मैत्री उन्मुख वडा घोषणा गरिएको छ ।

महाबु गा.पा. २ नं वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखद्वारा संचालित आवाज परियोजना लगायत सरकारी र गैरसरकारी निकायको सहयोग र समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सासंद अमंरबहादुर थापा, शिक्षक, विद्यार्थी, समाजसेवी मानवअधिकारकर्मी सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम दैलेख दलित समाज कल्याण संघका अध्यक्ष रेशमबहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।