नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुर्खेतले पायो पूर्णताःभातृ संगठनहरु पार्टीको मेरुदण्ड हुन प्रमुख अतिथि पोखरेल



७ असार,सुर्खेत । कुनै पनि पार्टीका भातृ संगठनहरु सिंगो पार्टीकै मेरुदण्ड भएको एक कार्यक्रमका प्रमुख अतिथिले जोड दिनु भएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति,सुर्खेतले आज(विहिवार) वीरेन्द्रनगरमा आयोजना गरेको सुर्खेत जिल्ला कार्यसमिति अन्र्तगत पदाधिकारी तथा सदस्यहरुको घोषणा तथा सपथ ग्रहण समारोह कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेल उक्त कुरामा जोड दिनु भएको हो । उहांले भन्नु भयो,कुनै पनि भातृ संगठनहरु पार्टीको मेरुदण्ड हुन । त्यसमा पनि सुर्खेत जिल्लाको सन्दर्भमा भन्नु पर्दा पूर्व सिम्तादेखि पश्चिम बेतान,लगाम सम्ममा बसोवास गर्ने जनजातीहरुको मत निर्णायक हुने गरेको हुदा जनजातीहरुको भातृ संगठन निर्माण गरि बलियो बनाउनु अति नै आवश्यकता रहेको बताउदै सम्पूर्ण पदाधिकारी एवं सदस्यलाई बधाई सहित शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुर्खेतका सभापती कर्णबहादुर रानामगरको सभापतित्वमा सम्पन्न सपथ ग्रहण कार्यक्रमा बोल्दै बिशेष अतिथि एवंम् नेपाली कांग्रेस पार्टी सुर्खेतका उपसभापती टोपबहादुर रावतले लोकतन्त्र विकासका लागि पार्टी र पार्टी भित्रका भातृ संगठनहरुको आवश्यकता सदैव रहिरहने बताउदै भातृ संगठन बलियो भएमात्र सिंगो पार्टि बलियो हुने कुरामा जोड दिनुभयो ।


कार्यक्रमका अतिथि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य टेकबहादुर गुरुङ्ग,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सचिव देवकुमार सुवेदी,वराहताल गाउपालिका उपाध्यक्ष लक्ष्मी पुन,महाधिवेशन प्रतिनिधि टोपबहादुर टंलामी, नेपाल आदिवासी जनजाति जिल्ला समन्वयन परिषद सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजी, नेपाली कांग्रेस वीरेन्द्रनगर नगर कार्यसमिति सभापति उपेन्द्रबहादुर खड्का, सल्लाहकार कर्णबहादुर सिंजाली, वीरेन्द्रनगर नगरपालिका वडा नः०९ का पूर्व अध्यक्ष सुरेश मानन्धर,गुरुङ्ग राष्टिय परिषदका जिल्ला अध्यक्ष गगनबहादुर गुरुङ्ग लगायतको उपस्थित रहेको थियो ।

वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा जनजाति महासंघले विभिन्न पदाधिकारी र सदस्यज्यूहरुलाई मनोनित गर्दे पूर्णता पाएको छ । जसको उपसभापतिमा डिलबहादुर मर्सा मगर,सुनिता लामा सुनिता लामा गुरुङ्ग, सचिवमा सरोज श्रेष्ठ र चन्द्रबहादुर सिजापति,सहसचिवमा कर्णबहादुर राम्जाली,हेमराज पुनमगर,कोषाध्यक्षमा भावना घर्तिमगर लागयत २० सदस्यहरु मनोनित हुनु भएको छ जसमा बिष्णु तामाङ्ग,सन्तबहादुर गुरुङ्ग,तेजबहादुर श्रेष्ठ,समुन्द्र राजी लगायत हुनुहुन्छ ।


नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले गत चैत्र १८ गते सुर्खेत जिल्लामा कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशमा अध्यक्ष चयन गर्ने कार्य सम्पन्न गरिसकेको थियो भने सुर्खेत जिल्ला अध्यक्षमा कर्णबहादुर रानामगर हुनुहुन्छ ।