१० असोज, सुर्खेत । गत बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी १२ बर्षिय सम्झना कामीको बलात्कार पछि हत्याको घटनालाई लिएर आज कर्णाली राजधानी वीरेन्द्रनगरमा विरोध जुलुस निकालिएको छ ।
बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर-०२ खिकालामा निवासी १२ वर्ष कि बालिका सम्झना कामीको बलात्कार पछि हत्याकाे घटनालाई लिएर आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मङ्गलगढि चाेकमा कालीकाेट-सुर्खेत सेवा समाजद्वारा विरोध जुलुस निकालिएको हो ।
Prawash Kumar Shakya । १० आश्विन २०७७, शनिबार २०:३८ बजे