
सुर्खेत, ५ पौष ।
युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरिएको विरोधमा गरिएको सुर्खेत बन्द फिर्ता लिएको युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।मंगलबार विहान ८ बजेबाट गरिएको सुर्खेत बन्द फिर्ता भएको छ ।
युवा संघको बन्दका कारण् छिन्चु बजा तथा बिच बाटोमा रोकिएका छोटो तथा लामो दुरीका माल बहाक तथा यात्रु बहाकका ३ दर्जन बढी गाडिलाई प्रहरीले स्कटिग गरेको थियो ।
संघले स्थानीय मंगलगढी चौकमा कोण सभाको आयोजना गरेर बन्द फिर्ता लिएको युवा संघ सुर्खेतका अध्यक्ष देवकोटाको भनाई छ ।
बन्द आज दिउसो ३ सम्मलाई गरिए पनि संघले एक घण्टा अगाडि नै फिर्ता लिएको बताएको छ । बन्द फिर्ता भएपछि सुर्खेतको जनजीवन सहज बन्दै गएको छ
Milan Shrestha । ५ पुष २०७३, मंगलवार ०९:१३ बजे