घरेलु मदिरा नष्ट को नाममा वातावरण प्रदुषण ।


२४ वैशाख,सुर्खेत

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले करिब २ सय ९० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएको मदिरालाई सुरक्षित ठाउमा न लगि सिचाई गर्ने ठाउमा फालिदिएको छ । यसले गर्दा वातावरण प्रदुषित हुने र सिचाई गर्दा बालिमा पनि असर पर्ने स्थानिएको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालयले नै केही महिना अघिदेखि जिल्लाभर नै घरेलु मदिरा रोक्न थालेको क्लिीन अप्रेशन अन्तरगतर् इलाका प्रहरीले पनि मदिरा नष्ट गरेको प्रहरी नायब निरिक्षक हस्त बहादुर थापाले जानकारी दिनुभयो । छिन्चु बजारका सम्पुर्ण  क्षेत्र, तालबारी, कालिदमार, राजीगाउँमा करिब चार दिनको अवधिमा यो परिणामको मदिरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी ५० लिटर कच्चा पदार्थ राखिएको ६ वटा घ्याम्पो र मदिरा बनाउन प्रयोग गरिने एउटा भाँडा पनि नियन्त्रणमा लिईएको प्रहरी नायब निरिक्षक थापाले बताउनुभयो । तर मदिरा नष्ट गर्ने नाममा वातावरण प्रदुसण गरेको स्थानिएको गुनासो छ ।