९ नं. वडाद्वारा निशुल्क स्वास्थ्य विमा


२१ पौष, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले वडामा रहेका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।

९ नं. वडाले वडा भित्र रहेका ५४ घरधुरी परिवारलाई बार्षिक निशुल्क स्वास्थ्य विमा गरिदिएको हो । स्वास्थ्य विमा कार्ड वितरण गर्दै ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका विपन्न नागरिकहरु आर्थिक अवस्था कै कारण स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले विपन्न परिवारको स्वास्थ्य विमा गरेको बताउनुभयो । उहाँले भन्नुभयो “वडाको सेवालिन निर्धक्कका साथ आउनुहोस हामी तपाइहरुको सेवामा सदा तत्पर छौं ।”

वडामा रहेका टोल विकास समितिहरुको सिफारिसमा ५४ घरघुरीलाई रु १ लाखको विमा गरिएको वडा सचिव देव प्रसाद मुलेलले जानकारी दिनुभयो ।