कर्णाली प्रदेशमा “बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको” कार्यक्रम शुरु


१ पौष, कालिकोट ।  कर्णाली प्रदेश सरकारले आजबाट “बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको” कार्यक्रम शुरु गरेको छ ।

लैङ्गिक समानता र छोरीहरूको सशक्तिकरणका लागि चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता प्राप्त ‘वैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम आज कालिकोट जिल्लाबाट कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको हो ।

मानव सुचाङ्कको हिसावले सबै पछाडी परेको कालिकोट जिल्लाबाट नै हामीले यो कार्यक्रमको शुरुवात गरेका हौ । मुख्यमन्त्री शाहीले भन्नुभयो

कार्यक्रममा खाडाचक्र नगरपालिका १ कालिकोटका करिव डेढ महिनाकी जमुना सुनार वडा नं. २ की करिब साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय बाणिज्य बै‌कमा खाता खोलेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

खोलिएको खातमा प्रदेश सरकारले मासिक ५ सय रुपैयाँ जम्मा गरिदिने बताइएको छ ।