२६ बैशाख, सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आज सपथ तथा पदभार ग्रहण सम्पन्न भएको छ ।
यही बैशाख २२ गते सम्पन्न महासंघ कर्णाली प्रदेशको निर्वाचनमा सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन भएका थिए । सर्वसम्मत चयन भएका पदाधिकारीलाई कर्णाली प्रदेश प्रमुख दुर्गाकेसर खनालले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रम लगतै महासंघ कर्णाली प्रदेशको पहिलो बैठककालागि सल्यानमा तर्फ सम्पूर्ण पदाधिकारी गएको कार्यसमिति सदस्य कृष्णराज धमालाले बताउनुभयो ।
महासंघ कर्णाली प्रदेशले प्रदेशको पर्यटकिय स्थलहरुको प्रवर्धन गर्नकालागि प्रदेशको १० जिल्लामा घुम्ती बैठक गर्ने पनि सदस्य धमालाले बताउनुभयो ।
त्यस्तै नवनिर्वाचित पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारीहरुलाई कर्णाली प्रदेशका भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला के.सी. स्वागत तथा सम्मान गर्दै मन्त्री केसीले सरकारका तर्फबाट कर्णाली प्रदेशका पत्रकारहरु संग पहिलो पटक औपचारिक भेटघाट गर्नुभएको थियो ।



Milan Shrestha । २६ बैशाख २०७५, बुधबार १६:३६ बजे