चरेससहित ४ पक्राउ


जेष्ठ १, काठमाडौं ।

काठमाण्डौको ठमेलबाट चरेस सहित कालीकोटका ४ जना यूवा पक्राउ परेका छन् ।  महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठा चोकबाट शनिबार साँझ ७ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालीकोट जिल्लाका बिरजित शाही, लगिन्द्र बम, रंजित बिक र पटकबहाददुर बम रहेका छन् ।

उनीहरु विरुद्ध लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।