अशोक राजी
१७ सुर्खेत
सुर्खेतमा फेरी अर्को खानेपानीको उद्योग आजदेखि सञ्चालनमा आएको छ ।
जनसंख्या तथा शहरी क्षेत्र दिनप्रतिदिन बढ्दै गएको र पानीको मात्रामा कमि भएको भन्दै देउती दर्शन वाटर एण्ड वेभरेज इन्डस्ट्रिज प्रा.लि.ले सिजन्स पानीको उद्योग आजदेखि बजारमा ल्याएको हो ।
पानीको स्रोतको अभावका साथै आयोजनाहरुले माग अनुसारको पानीको मात्रा पुरा गर्न नसकेको भन्दै नयाँ प्रविधी मार्फत सिजन्स पानी बजारमा ल्याइएको सञ्चालक भिमबहादुर भण्डारीले बताउनुभयो ।
गर्मि मौसमसंगै विभिन्न समयमा पानीको हाकार भएको बेलामा सम्बन्धित निकायबाट नै पानीका लागि आवश्यक पहल नभैरहेका बेलामा सहज तरिकाले पानी बजारमा ल्याइएको सञ्चालक भण्डारीको भनाइ छ ।
प्रशोधित शुद्ध पानी बजारमा माग अनुसार नै पुरा गरिने भएकाले पानी पिउनमा कुनै शंका नगरि स्वास्थ्यका लागि प्रभावकारी तथा अत्याधुनिक प्रविधीबाट बजारमा वितरण गरिएको व्यवस्थापक सुरेश कुमार विष्टले जानकारी गराउनुभयो ।
करिब एक करोड २३ लाख रुपयाँको लागतमा तयार गरिएको पानीको उद्योगले सुर्खेत लगायत मध्यपश्चिमभरी नै पानीको मात्रा पुर्याउन सकिने अर्को समिर भण्डारीले जानकारी दिनुभयो ।

Milan Shrestha । १७ माघ २०७२, आईतवार १४:३४ बजे