गाउँपालिकाको अर्धबार्षिक समिक्षा सम्पन्न


३ माघ, सुर्खेत । पूर्वि सुर्खेतको सिम्ता गाउँपालिकाले आफ्नो अर्धबार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ । बिहिवार गाउँपालिका कार्यालय रहेको वडा नम्वर ६ स्थित जामुने बजारमा जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, लगायत सरोकारवालाहरुका बिचमा अर्धबार्षिक समिक्षा गरिएको गाउँपालिका प्रवक्ता टेकनारायण विश्वकर्माले जानकारी दिनुभयो ।

आर्थिक बर्ष शुरु भएको ६ महिनामा गाउँपालिकाको आर्थिक, सामाजिक, लगायत कार्यपालिका र न्यायपालिका बाट सम्पादन भएका गतिविधिहरुको समिक्षा गरिएको प्रवक्ता विश्वकर्माले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अन्तरगत रहेका विषयगत शाखा प्रमुखहरुले आफ्ना शाखाबाट भएका सेवाहरुको प्रगति विवरण पेश गरेका छन ।

गाउँपालिकाले दिने सार्वजनिक सेवा चुस्त, दुरुस्त र सहज हुनुपर्ने सेवाग्रहीहरुले बताएका छन । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले चालु आवको ६ महिनामा उल्लेखीय कार्य भएको दावी गर्नुभयो । उहाँले विषयगत शाखा कार्यलयहरुले नागरिकलाई छिटो ,छरितो र गुनासो रहित सेवा दिन निर्देशन दिनुभएको थियो । अध्यक्ष केसीले छिट्टै राजनितिक दलहरुको विचमा गाउँपालिकाको सम्रग संस्थागत समिक्षा प्रस्तुत गर्ने समेत जानकारी दिनुभयो ।