ट्याक्टरको ठक्करबाट बटुवाको ज्यान गयो (अपडेट)


मिलन श्रेष्ठ ।

३ जेठ, सुर्खेत । ढुंगा बोकेको ट्याक्टरले ठक्कर दिँदा वीरेन्द्रनगरमा आज १ जना बटुवाको ज्यान गएको छ ।

सुर्खेतको झुप्रा खोलाबाट ढुंगा लिएर आएको भे १ त ६८६७ नम्बरको ट्याक्टरको ठक्करबाट आज साँझ करिब ५ः२५ बजे स्थानीय नारायण आयल स्टोर आगाडीको चारलेनको बाटोमा हिडिरहेका बटुवालाई ठक्कर दिएको हो ।

घटना लगत्तै ट्याक्टर चालकले बटुवालाई स्थानीय माया नर्सिङ्ग होममा उपचारकालागि पुर्याएका थिए ।

मृतक जुम्ला तातापानी ४ निवासी अन्दाजी ६१ बर्षका मनसा पाण्डे रहेको ट्राफिक प्रहरी हवल्दार हरिभक्त रोकायले जनाएका छन् ।