आशा छ व्यवसायीहरुले कानुन उल्लंघन गर्नुहुन्न:प्रमुख जिल्ला अधिकारी न्यौपाने(अपडेट)


मिलन श्रेष्ठ
२० जेठ,सुर्खेत । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले व्यावसायीहरुले कानुनको पालना गर्नुहुन्छ भन्ने विश्वासमा आफू रहेको बताउनुभएको छ ।

उधोग बाणिज्य संघल सुर्खेतले आज एक विज्ञप्ति जारी गरी बुधबार(भोली) देखि सुर्खेत बजार खोल्न गरिएको आग्रह पश्चात प्रमुख जिल्ला अधिकारी संग बुझ्दा व्यवसायीहरुसंग बसेर कुराकानी गर्न सकिने भएपनि मनोमानी रुपमा कुनै कार्य गर्न नसकिने बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, देशमा यतिवेला संक्रमण बढ्दो अवस्थामा छ । यसरी दिनानुदिन संक्रमितहरु बढिरहको अवस्थामा एकातिर सरकारले आफ्नो काम गरिरहको अवस्थामा काम कारवाहीलाई कसैले विथोल्ने गरि सरकारको निर्णय विना पसल खोल्न मिल्दैन । आशा छ व्यवसायीहरु कानुन उल्लंघन गर्नुहुन्न ।

विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसले उथलपुथल भैरहेको समयमा देशमा कोरोना रोकथामकालागि सरकारले देशलाई लकडाउन गरेको पनि ७१ दिन भएको छ ।

देश लकडाउनमा हुँदा आर्थिक अवस्था शुन्य जस्तै अवस्थामा पुगिसकेको छ । आर्थिक अवस्थाको सिधा मारा मजदुर र व्यापारीहरुमा देखिएको छ । यसरी व्यापारीहरुको अवस्थालाई मध्यनजर गर्दै सुर्खेत उद्योग बाणिज्य संघले भोली २१ गते देखि विहान १० बजे देखि दिउँसो ३ बजे सम्म सम्पूर्णहरु खोल्ने निर्णय गरेको हो ।

सुर्खेत सरुवा भई आउन लागेका हिरालाल रेग्मी दुई तीन दिनमा आउने र आँफु पनि सोही अनुसार सुर्खेतबाट सरुवा भई जान लागेको समेत बताउनु भयो ।