कहिले लेखिने कर्णाली प्रदेश ?


४ जेठ, जाजरकोट । कर्णाली प्रदेशको जाजरकोटको नगरपालिका र जिल्ला समन्वय समितिका साइनबोर्डमा अझै पनि कर्णाली प्रदेश लेखिएको छैन् ।

गतबर्ष २०७४ फागुन १२ गते ६ नं. प्रदेश सभाले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी सुर्खेतको वीरेन्द्रनगर तोकेको थियो । तर जाजरकोटका नगर कार्यपालिका र जिल्ला समन्वय समितका साइनबोर्डहरुमा अझै पनि प्रदेशको नाम लेखिएको छैन् ।

पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको जिल्ला भनेर चिनिने जाजरकोट जिल्ला नेपालको साक्षर जिल्लाहरु मध्य २४औं र मध्यपश्चिमको ६औं साक्षर जिल्लामा  पर्छ । जिल्लामा १५ देखि ६० बर्ष सम्मका ९५.३१ प्रतिशत साक्षर भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै गरी नाममा कर्णाली प्रदेश लेख्न कन्जुस्याइ गर्ने निकायहरुमा गा बि स सचिव हकहित संरक्षण केन्द्र सुर्खेत , जिल्ला समन्वय समिती सुर्खेत , विरेन्द्र नगर नगर पालीका सुर्खेत रहेका छन ।

साक्षर भैसकेका जिल्लाका यि कार्यालयहरु र राजधानीकै जील्लाहरुको यो हविगत छ भने बाकी जिल्लाहरुले यिनबाट के कुराको अपेक्षा गरेका होलान   हेर्न बाँकी नै छ ।