
३ फागुन,सुर्खेत । राष्ट्रिय भूमि आयोग काठमाण्डौ र लेकबेशी नगरपालिका सुर्खेत बिच बुधबार(आज) सम्झौता भएको छ ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशब निरौला, लेकबेश नगरपालिका नगर प्रमुख गगनसिङ सुनार र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलको संयुक्त हस्तान्तरण गरि सम्झौता गर्नु भएको छ ।
राष्ट्रिय भूमि आयोग २०७८ गठन भएपश्चात् पहिलो चरणमा सुर्खेतका तीन वटा पालिकामा संग सम्झौता गरि काम सुरु गरिएको छ । पहिलो चरणअन्तर्गत भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा चौकुने गाउँपालिकामा लालपुर्जा वितरणका लागि सम्झौता भएको छ ।

त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकासँग सम्झौता गरिएको थियो भने आज लेकबेशी नगरपालिका संग सम्झौता गरिएको नगर प्रमुख सुनारले जानकारी दिनु भयो ।
जसरी यस अघि लालपुर्जा वितरणको प्रक्रियालाई सहज र छिटोछरितो बनाउन सम्बन्धित स्थानीय तहमै सेवा केन्द्र स्थापना गरि सकिएको छ । आयोग र जिल्ला समितिको टोलिले ती स्थानीय तहमा पुगेर सेवा केन्द्रमार्फत भइरहेका गतिविधिको अवलोकनसमेत गरिसकेको छ । भूमिहीनलाई जग्गाको स्वामित्व दिने सम्बन्धी वडा र कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा पठाउन कार्य पनि भईरहेको छ ।
जसअनुसार मंगलवार भेरीगंगा नगरपालिकाको फाइल समितिमा पेस भइसकेको छ भने भेरीगंगा ८ र ९ मा योभन्दा पहिले अधुरा रहेका काम सक्ने गरी समितिमा फाइल पेस भइ सकेको छ । समितिका अनुसार वडा नं। ८ का मात्रै त्यस्ता सात सय फाइल पेस भएका छन् । कार्यपालिकाबाट निर्णय भएर आवेदनहरू समितिमा आएका जानकारी सहित आज सम्झौता भएको लेकबेशी नगरपालिका संग पनि अन्य पालिका सरह कार्य तिब्रता सहित अगाडि बढाउने राष्ट्रिय भूमि आयोगसुर्खेतका अध्यक्ष श्रीधर पौड्याले बताउनु भयो



Milan Shrestha । ३ फाल्गुन २०७८, मंगलवार २०:२६ बजे