कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजिनामाको घोषणा


२१ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (बुधबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजिनामा घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन प्रति असन्तुष्टि जनाउँदै संसद बैठकमा राजिनामा दिएको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शर्माले पहिला विश्वासको मत लिने र त्यसपछि राजिनामा दिने बताइएको थियो तर केन्द्रीय निर्देशन अनुरुप राजिनामा दिनुभएको छ । उहाँले राजिनामा दिनुभन्दा अघी संसद बैठकमालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा गरिएको कामहरुको उपलब्धीको चर्चा गर्नुभएको थियो ।

नयाँ गठबन्धन अनुसार कर्णालीमा अब २ बर्ष एमालेले सरकार चलाउने छ ।