१४ चैत, इलाम । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण यस वर्ष इलामका २३१ विद्यार्थी प्रवेशिका परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार अभिभावक र स्वयं विद्यार्थीको लापरबाहीका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
शिक्षा नियमावली अनुसार ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीलाई परीक्षामा सामेल नगराउने प्रावधानले धेरै विद्यार्थी परीक्षाबाट वञ्चित हुनुपरेको जिशिकाका प्राविधिक सहायक अम्बिकाप्रसाद खनालले बताए ।
प्रवेशिका परीक्षामा इलामबाट ९१ सामुदायिक र ३७ संस्थागत विद्यालयका छ हजार ९८३ विद्यार्थी सामेल हुने भएका छन् ।
साभारः अनलाईन खबर ।




Milan Shrestha । १४ चैत्र २०७२, आईतवार ०८:०० बजे