तोकिएकै मितिमा निर्वाचन हुन्छः अध्यक्ष रावत


१३ चैत्र, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको चुनावको मुखैमा विवाद बढ्दै गएको अवस्थामा वर्तमान कार्यसमिति चुनाव गर्न लागि परेको छ ।

वतर्मान कार्यसमिति यही चैत्र २६ गते निर्वाचन गराउन लागि परेको हो । संघका असन्तुष्ट पक्षहरुले विभिन्न मागहरु राखी संघमा तालावन्दी गर्दै आएको अवस्था भएपनि वर्तमान कार्यसमिति तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न लागि परेको छ ।

संघको २०७३ सालमा भएको साधारणसभाले गरेको विधान संशोधन अनुसार २ आर्थिक वर्षसम्म सदस्यता नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः निष्क्रिय हुने रहेको छ । तर त्यस्ता सदस्यहरुको नवीकरण हुने तर मतदानमा भागलिन नपाइने व्यवस्था विधानले गरेको छ मताधिकारकालागि नवीकरण गरेको ३ सय ६५ दिन पुग्नुपर्ने व्यवस्था रहेको संघका वर्तमान महासचिव लक्ष्मण कँडेल बताउनुहुन्छ ।

हरेको संघसंस्थामा सन्तुष्ट र असन्तुष्ट पक्ष हुन्छ तर विधान विपरित कसैले पनि काम गर्न पाउँदै त्यसैले पनि हामी तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा छौ । बाहिर हल्ला भएजस्तो मिति सारिएको छैन् मिति सार्ने नसार्ने त निर्वाचन समितिको हुन्छ । वर्तमान अध्यक्ष धनवहादुर रावत भन्नुहुन्छ ।