प्राइमद्वारा क्षेत्रीय अस्पताललाई औषधी प्रदान


अशोक राजी

सुर्खेत, १२ जेठ ।

प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको १७ औं बार्षिकोत्सवको अवसरमा आज मप क्षेत्रीय अस्पताललार्इ औषधि प्रदान गरिएको छ ।

झाडापखाला रोकथामको लागि भन्दै करिव ५० हजार मूल्य बराबरको औषधि अस्पताललार्इ प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष भूषण कुमार मानन्धरले अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानी र निमित्त मेसु डा. डम्बर खड्‍कालार्इ सो औषधि प्रदान गरिएको संस्थाका प्रवन्धक युवराज बस्नेतले जानकारी दिनुभयो ।

साथै बार्षिकोत्सवकै अवसरमा आज नै संस्थाका पदाधिकारी, संचालक समिति र उपसमितिवीच अन्तरक्रिया सम्पन्न भएको छ ।