मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्स बिच हुने आजको खेलमा सन्दीप लामिछाने खेल्ने पक्का


तस्विर ः गुगलबाट ।

काठमाडौँ । युवा लेगस्पीनर सन्दीप लामिछाने आज पनि दिल्लीको शुरुवाती–११ मा पर्ने पक्का भएको छ । उनी आबद्ध क्लब दिल्ली डेयर डेभिल्सले ट्वीट गर्दै उनी आज पनि खेल्ने पक्का गरेको हो । सन्दीपले पछिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । चेन्नाई विरुद्धको खेलमा सुरेश रैनाको विकेट लिँदै गेम चेन्जर बनेका उनले निकै किफायती बलिङ गरिरहेका छन् । दुई खेलपछि उनी आइपीएलको सबैभन्दा इकोनोमिक बलर रहेका छन् ।  उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै मात्र ४६ रन खर्चेका छन् । उनको इकोनोमी ५.७५ रहेको छ । जुन टी–२० मा निकै राम्रो मानिन्छ । उनको स्ट्राइक रेट २४ रहेको छ ।  दिल्लीले ट्वीट गर्दै लेखेको छ, आज सन्दीपले कति विकेट लेलान् ?

दिल्ली आफ्नो घरेलु मैदानमा आज मुम्बई इन्डियन्सको सामना गर्दैछ । दिल्ली प्रतियोगिताबाट बाहिरिसकेपनि मुम्बईको लागि भने आजको खेल गर या मरको स्थितिमा रहेको छ । खेल नेपाली समय अनुसार ४ः१५ मा शुरु हुनेछ । आजको खेलमा मुम्बईका सर्वाधिक रन बनाउने सूर्य कुमार यादव तथा कप्तान रोहित शर्माविरुद्ध सन्दीपको बलिङ हेर्न लायक हुनेछ ।साभारः नेपालगाथा ।