कर्णाली ल्याकतको हिसाव अन्य प्रदेश भन्दा धनीः साँसद रावत


३० चैत्र, सुर्खेत । सुर्खेत जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर भएकोले र केन्द्र सरकारले पनि जुन प्राथमिकतामा कर्णाली प्रदेशलाई नराखेको अनुभूती आफूले पनि गरेको बताउँउदै उहाँले प्रदेश सरकारले संघीय सरकारको मुख नताकी स्वयम् आफै आम्दानीको श्रोतलाई बृद्धी गर्न आग्रह गर्नुभएको छ ।

आझ (शनिवार) सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारलाई आम्दानीको श्रोत बढाउने तर्फ लाग्न साँसद रावतले आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो  हाम्रो प्रदेशमा अन्य प्रदेश भन्दा कृषि, पर्यटन लगाएत जलश्रोतको क्षेत्रमा कुनै कमी नभएको बताउँदै हाम्रो प्रदेशमा विकासको हिसावले पछि परेपनि अन्य कुराहरुको ल्याकतले अरु प्रदेश भन्दा धनी रहेको जिकिर गर्नुभयो ।

 ‘स्थानीय सरकारलाई विश्वास गर्नुको अरु कुनै विकल्प छैन् । साथै पार्टीगत हिसावल बजेट विनियोजन गरेर विकासमा लाग्ने हो भने आफ्नै गाँउठाँउको विकासले गति लिने छैनन् ।

विगतका दिनका प्रबृतिलाई विर्सेर पूर्वाग्राही विना काम गरे मात्र विकासले गति लिने साँसद रावते बताउनुभयो । त्यस्तै उहाँले प्रदेशको पूर्ण क्षमताको आधार तय नहुँदै ठूला संरचना एवं आयोजनाहरुको जिम्मा लिन नहुने उहाँको भनाइ थियो ।

सुर्खेत क्षेत्र नं. २ मा हाल करिब १ अर्ब ५१ करोड बजेट कार्यान्वयनको अवस्थामा रहेको र रत्न राजमार्गको सुर्खेत-कोहलपुर सडक चार लेनको बनाउने, विद्युत विस्तार लगायतका योजनालाई प्राथमिकतामा राखेको सांसद रावतले बताउनुभयो ।