जेठ ६, कालीकोट ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले घरेलु मदिरा नियन्त्रण गरेको छ । अवैध रुपमा उत्पादन गरीने घरेलु मदिरा नियन्त्रणका लागि जिल्ला स्थितका बिभिन्न बजारहरुमा पटक पटक अनुगमन गरी नियन्त्रणमा लिने कार्यले निरन्तरता पाइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको टोलीले पछिल्लो पटक २ हजार लिटर घरेलु मदिरा जफत गरि नष्ट गरेको छ ।
जिल्लाका बिभिन्न बजारमा घरेलु मदिरा उत्पादन धेरै हुने गरेकोले यस आर्थिक बर्षमा मात्र १० पटक अनुगमन गरी लाखौको मदिरा जफत गरिएको सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन अघि गरीएको नुगमनमा १ सय ५० लिटर तयारी अबस्थामा राखीएको र करीव १ हजार ८ सय कच्चा पदार्थ जफत गरिएको छ ।
यस बर्ष कम्पनीबाटै उत्पादन गरिएका बिभिन्न प्रकारका मदिराहरु बिना लाईसेन्स बिक्रि बितरण गर्ने व्यापारीहरुबाट जफत गरी झण्डै ४ लाख बराबरको रकम राजस्वमा जम्मा गरिएको जानकारी दिदै सहायक प्रमूख जिल्ला अधिकारीले घरेलु मदिरा र कच्चा पदार्थ गरी यसै बर्ष करीव ८ हजार लिटर बराबरको जफत गरि जमीनमा पोखिएको जानकारी दिनुभयो ।



Milan Shrestha । ६ जेष्ठ २०७५, आईतवार १०:०८ बजे