गाडीको ठक्करबाट निलिको निधन


जेष्ठ ६, सुर्खेत ।

रास्कोट नगरपालिका वडा नं. ५ स्थायी घरभई हाल काठमाण्डौमा ब्यबसाय गरी बसेकी निलि शाहीको गाडीको ठक्करबाट निधन भएको छ ।

तार्केश्वर नगरपालिका २ काठमाण्डौमा गाडीबाट ओर्लीने क्रममा गाडी चालकको हेलचक्रयाइका कारण उनको निधन भएको आफन्तले बताएकाछन् । गाइपालन र तरकारी खेती गरी बसेकी निलिको घटनास्थलमै निधन भएको उनका भाई प्रकाश बमले बताउनु भयो ।

बा ३ ख ६३६७ नम्बरको गाडीको ठक्करबाट उनको निधन भएको हो । भाई बमका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।