६ जेठ सुर्खेत ।
कर्णाली प्रदेश सरकारको आज बैठक बसी बिभिन्न बिषयमा छलफलगरी जिम्मेवारी बाँडफाँडगरेको छ ।
नजिकिदै गरेको सम्सद अधिबेशनमा जानका लागी पुर्व तयारी गरिने बिषयहरुमा कसरी जान सजिलो होला भन्ने बिषयमा बैठक बसी ब्यापक छलफल गरीएको सरकारका प्रबक्ता बिमला केसीले जानकारी दिनुभयो ।
यसै क्रममा आज वसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
१। हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरियो । चालकहरुले कर्णाली प्रदेशको पुरयाएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने ।
२। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई लागु औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।
३। कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुरयाउनका लागि यथासिघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने ।
४। कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।
५। विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने ।
६। कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी दिईयो ।



Milan Shrestha । ६ जेष्ठ २०७५, आईतवार १३:४१ बजे