मेयर र वडा अध्यक्षद्धारा काक्रेबिहार निर्माण कार्य अवलोकन ( फोटो फिचर )


सुर्खेत,१२ जेठ । काक्रेबिहारका भग्नावशेष निर्माण कार्यको शनिवार वीरेन्द्रनगर नगरपालिका प्रमुख  मेयर देवकुमार सुवेदीले अवलोकन गर्नु भएको छ ।

बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितीको आर्थिक सहयोगमा भग्नावशेष मन्दिरको वरिपरी करिब ५ सय मिटरको पर्खालको साथै ३ वटा गेट निर्माण भइरहेको छ ।  आर्थिक बर्ष २०७१–२०७२ बाट सूरु भएको साढे दुई करोडको निर्माण कार्य  अन्तिम चरणमा पुगेको छ ।

समितीका अध्यक्ष नोर्वु गुरुङ्गले नगरपालिकाका प्रमुख सुवेदीलाई काँक्रेबिहारको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उहाँले अब निर्माण कार्यको ३ वटा मुलगेटमा ढोका राख्ने र रंगरोगन गर्न कार्य मात्र बाकिं रहेको जानकारी गराउनु भयो ।

वीरेन्द्रनगर नगरपालीका वडा नं.०९ का वडा अध्यक्ष सुरेश मानन्धरले काक्रेबिहार यस क्षेत्रकै महत्वपूर्ण एवंम् ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल भएको जानकारी दिनुभयो । मानन्धरका अनुशार काक्रेबिहार क्षेत्र पर्यटकिय दृष्टकोणबाट आक्रसनको केन्द्र बिन्दुको रुपमा रहेको छ यस क्षेत्रको बिकासका लागी स्थानिय स्तर एवंम् स्थानिय बुद्धिजीवीहरु संग पटक–पटक छलफल गर्ने कार्य गरिरहेका छौं ।

यसैगरी सुर्खेत अवलोकन गर्न पाउने आन्तरिक एवंम् वाह्य पर्यटकहरुलाई काक्रेबिहार घुम्नु पर्दछ भन्ने बनाउनका लागी हरेक क्षेत्रमा पहल समेत गरेको जानकारी दिनुभयो ।

निर्माण कार्य स्थल अनुगमन गर्दै प्रमुख सुवेदीले काँक्रेबिहारमा अस्थाई शौचालयका साथै पिउने पानीको उचित व्यवस्था मिलाउन र अब काक्रेबिहार क्षेत्रमा स्थानिय  लगानी भित्रयाउन आवश्यक रहेको बताउनु भयो । ‘हामीले यस क्षेत्रका लागी लगानी लागाउने सोच मात्र गराउँ, बाह्य लगानी आफै भित्रने छ ’ उहाँले भन्नुभयो, ‘यसमा हामीले केही गछौँ । स्थानीय सरकारले पनि लगानी गर्न आवश्यक छ । ’

 बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितीका सदस्य सचिव नरेन्द्र भुसङ्गले पनि आफुहरु लगानी गर्नमा तत्पर रहेको बताउनु भयो । ‘अब तपाईहरुले पनि लगानी गर्ने सोच गर्नु होस्’ उहाँले भन्नुभयो, ‘भग्नावशेषका लागि थप लगानी हामी गर्दछौं तर त्यसका लागी तपाई स्थानिय सरकारको लगानीको पनि आवश्यक देखिएको छ ।’

भग्नावशेष निर्माण स्थलका प्राविधिक टिमका सदस्य बिनायक देवकोटाले थुप्रै स्थानहरु मध्य भग्नावशेष नेपालकै नमुना पर्यटकिष् क्षेत्र रहेको बताए ।  ‘ पर्यटनको क्षेत्रबाट यो स्थान अत्याधिक राम्रो स्थान हो, जहां निर्माण कार्य पश्चात धेरै पर्यटकहरुको घुईचो छ’ उनले भने, ‘भग्नावशेषको ५ सय मिटर लामो पर्खाल र गेट त तयार भयो तर यस क्षेत्रमा आउने पर्यटकहरुलाई घुम्नका लगाी  अति आवश्यक पैदल मार्गका देखिएको हुदा स्थानिय सरकार र बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितीको संयृक्त सम्झौतामा भग्नावशेषको चारै तिर बगैचार पैदल मार्गका लागि योजना सहित लागत विवरणका लागी नाप्ने कार्य संभाव्यता अध्ययन गर्ने कार्य भईरहेको छ र निर्माण गरिने पैदल मार्ग अपांगमैत्रि समेत हुनेमा जोड दिनुपर्छ ।’