
वीरेन्द्रनगर सुर्खेतको जुम्ला राजमार्गको फोनलेन सडकको (गण्डकीलाइन) डिभाइडरमा रहेको नेपालको राष्ट्रिय झण्डा पुरानो भएपछि आज फेरिएको छ ।
केही बर्ष अगाडी कर्णाली स्वयंसेवक दलका सदस्य भरत शाही ठकुरी संयोजकत्वमा राखिएको राष्ट्रिय झण्डा पुरानो भएपछि शितलछहारी सहकारी संस्था लि. र हाम्रो कर्णाली यातायात प्रा.लि.ले संयुक्तरुपमा फेरेको हो ।
सहकारी संस्था एवं यातायात प्रालिका अध्यक्ष यज्ञराज योगीले प्रदेशको प्रमुख सडकको चोकमा राखिएको राष्ट्रिय झण्डा पुरानो च्यातिएको देखेपछि नयाँ झण्डा राखिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ वास्तवमा यस्तो सार्वजनिक स्थानमा फहराईएका राष्ट्रिय झण्डाहरु पुरानो जिर्ण भएपछि राज्यले परिवर्तन गर्नुपर्ने हो तर यता राज्यको नजर नगएकोले हामीले आफ्नो सार्वजिक दायित्व सम्झेर आज माघपर्वको अवसरमा फेरेका हौं ।



Prawash Kumar Shakya । १ माघ २०८२, बिहीबार १४:३७ बजे